रास्वपाद्वारा दाेस्राे चरणको आन्दोलन घाेषणा, `नवीन विचारलाई निषेध गर्न खाेजियाे´

मूलखबर संवाददाता
काठमाडौं, २४ कात्तिक

पार्टी सभापति रवि लामिछानेलाई पुर्वाग्रह साँधेर सरकारले गिरफ्तार गरेकाे र रिहाइ गर्न नचाहेको आराेप लगाउँदै आन्दोलनरत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ।

शनिबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हाे ।

रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा लामिछानेको गिरफ्तारी नवीन विचारलाई निषेध गर्ने षड्यन्त्र भएको ठहर गरिएको छ ।

सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा पार्टी सभापति समेत रहेका रवि लामिछानेमाथि अनुसन्धान जारी छ। उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको हो।

रास्वपाले पक्राउको विरोधमा आन्दोलन गर्दै आएकोछ।