
सकियाे यस वर्षको छठ
मधेसी समुदायकाे प्रमुख पर्व छठ सकिएको छ । आज बिहान उदाँउदो सूर्य र छठी मातालाई अर्घ दिएसँगै यसपालिको छठ पर्व विधिवत समापन भएको हाे।
श्रद्धा, भक्ति र लोकआस्थाको चाड छठ पर्ब मंगलबारदेखि विधिवत शुरु भएको थियो। सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् चाड छठ पर्ब कात्तिक शुक्लपक्षमा चार दिनसम्म मनाइन्छ।
देशभरका नदी तलाउ र पाेखरीहरूमा भक्तजनहरूले छठ मनाएका थिए । काठमाडौंकाे कमलपाेखरीमा राष्ट्रपति रामचन्द्र पाैडेलले बिहीबार छठ पुजाकाे उद्घाटन गरेका थिए ।
