सरकारमा जाने हाेइन, अब सडकबाटै खबरदारी : श्रेष्ठ
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री एवम् गृह परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी सरकारमा जाने लाइनमा नभएको बताएका छन्।
पाल्पामा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री श्रेष्ठले माओवादी अब जनताको समस्याको पक्षमा निरन्तर आवाज उठाउने अभियानमा लागेको बताएका हुन्।
उनलेे माओवादीले अब तत्काल एकता गर्न सम्भव हुनेहरूलाई एकता गरी अगाडि बढ्ने, समाजवादी मोर्चालाई पनि एकसाथ अगाडि बढाउने र जिल्ला प्रदेशस्तरमा सरकारको विरुद्धमा खबरदारी सभा गर्ने बताए ।
माओवादीले ठूलो पदमा रहेका भ्रष्टाचारीलाई पक्राउ गरेर जेल हालेको र अझै ठूला भष्ट्राचारको पक्रने तयारी हुँदै गर्दा सरकार ढालिएको उनले बताए। श्रेष्ठले अब जनताले सडकबाटै खबरदारी गर्नुपर्ने समय आएको धारणा राखे।