दाेलखामा ४.५ रेक्टरकाे भुकम्प, जनजिवन त्रसित
लामाे समयपछि फेरि दोलखामा ४ दशमलव ५ रेक्टरको भूकम्प गएको छ । बिहीबार साँझ ७ बजेर ५६ मिनेटको समयमा दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
आज बेलुकी ७ बजेर ५६ मिनेटमा जिल्लामा भूकम्पको ठूलै धक्का महसुस भएको हाम्राे रेडियोले बताएको छ ।
गोरखा भूकम्पको परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।