
रामेछापको खाँडादेवी राकाथुमका बाढीपीडितलाई राहत वितरण, सुत्केरीलाई घ्यु
रामेछाप जिल्लाकाे खाँडादेवी गाउँपालिका वडा नं १, ३ र ४ का बाढीपीडित बस्तीमा राहत वितरण गरिएको छ ।
गत असाेज ११ देखि १३ गतेसम्म आएको अविरल वर्षा र बाढी पहिराेबाट पीडितहरूलाई महिला सञ्जाल नेपालकाे पहलमा खाद्यान्नलगायतका सामग्री वितरण गरिएको हाे । टेवा संस्थाकाे सहयाेगमा ९० घरका बाढीपीडितलाई राहत वितरण गरिएकाे मञ्जु माझीले मुलखबरलाई बताईन् ।
साे अवसरमा वडा नं १ काेथवेका ७७ घर, वडा नं ३ का ११ घर र वडा नं ४ का १ घरधुरीलाई गरि ९० बाेरा चामल, १८० केजी दाल, १८० केजी चिनी, १८० केजी नुन, १८० प्याकेट तेल वितरण गरिएको थियाे ।
त्यसैगरी सुत्केरी महिलाहरूलाई घ्यु, चना, केराउ, साबुन र त्रिपाल १ थान प्रदान गरिएको थियाे ।
साे क्रममा महिला सञ्जाल नेपालका पदाधिकारीहरू, लुभु प्रहरी चाैकीका प्रमुख, स्थानिय युवाहरू रामकृष्ण माझी, जसमान माझी, मानव माझी, मिठु माझी लगायतकाे सहभागिता रहेको थियाे ।
