यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
काभ्रेका बाढीपीडित बस्तीमा सांसद तामाङकाे पहलमा राहत वितरण. मूलखबर संवाददाता काभ्रे, ८ कात्तिक काभ्रे जिल्लाका बाढीपीडित बस्तीमा राहत वितरण गरिएको छ । पछिल्लोपटक नमाेबुद्वका बाढीपीडितहरूलाई राहत सामग्री वितरण गरिएको छ ।. गत असाेज ११ देखि १३ गतेसम्म आएको अविरल वर्षा र बाढी पहिराेबाट पीडित नमाेबुद्व नगरपालिका वडा नं ३ र ९ मा प्रतिनिधिसभा सदस्य मिना तामाङकाे पहलमा राहत वितरण गरिएको हाे ।. साे अवसरमा २ सय बढी घर परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको माओवादीका तर्फबाट संघीय सांसद बनेकी तामाङले मुलखबर डटकमलाई बताइन् । उनका अनुसार वितरण गरिएको सामग्रीमा खाद्यान्नका साथमा सावुन, स्याम्पु, घरयासि प्रयाेजनका सामानहरू पनि रहेका छन् ।. यसअघि राेशी गाउँपालिका, चाैरी देउराली गाउँपालिका, भुभ्लु गाउँपालिका, मण्डन देउपुर नगरपालिका, पाँचखाल नगरपालिका, बनेपा नगरपालिका, पनाैती नगरपालिका, धुलिखेल नगरपालिका र बेथानचाेक गाउँपालीकाका प्रभावित बस्तीहरूमा राहत वितरण गरिएको थियाे। राहत सामग्री सामरिटान्स पर्स नाम संस्थाकाे सहयाेगमा उपलब्ध गराइएको थियाे ।. उनलेे बाँकी पालिका प्रभावित जनताहरूलाई पनि क्रमशः आवश्यकताअनुसार राहत उपलब्ध गराउने बताइन् ।. बाढी पीडित बस्तीमा राहत पुर्याउँदा पीडित नागरिकहरू खुसि भएका छन् ।.
काभ्रेका बाढीपीडित बस्तीमा सांसद तामाङकाे पहलमा राहत वितरण
मूलखबर संवाददाता
काभ्रे, ८ कात्तिक
काभ्रे जिल्लाका बाढीपीडित बस्तीमा राहत वितरण गरिएको छ । पछिल्लोपटक नमाेबुद्वका बाढीपीडितहरूलाई राहत सामग्री वितरण गरिएको छ ।
गत असाेज ११ देखि १३ गतेसम्म आएको अविरल वर्षा र बाढी पहिराेबाट पीडित नमाेबुद्व नगरपालिका वडा नं ३ र ९ मा प्रतिनिधिसभा सदस्य मिना तामाङकाे पहलमा राहत वितरण गरिएको हाे ।
साे अवसरमा २ सय बढी घर परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको माओवादीका तर्फबाट संघीय सांसद बनेकी तामाङले मुलखबर डटकमलाई बताइन् । उनका अनुसार वितरण गरिएको सामग्रीमा खाद्यान्नका साथमा सावुन, स्याम्पु, घरयासि प्रयाेजनका सामानहरू पनि रहेका छन् ।
यसअघि राेशी गाउँपालिका, चाैरी देउराली गाउँपालिका, भुभ्लु गाउँपालिका, मण्डन देउपुर नगरपालिका, पाँचखाल नगरपालिका, बनेपा नगरपालिका, पनाैती नगरपालिका, धुलिखेल नगरपालिका र बेथानचाेक गाउँपालीकाका प्रभावित बस्तीहरूमा राहत वितरण गरिएको थियाे। राहत सामग्री सामरिटान्स पर्स नाम संस्थाकाे सहयाेगमा उपलब्ध गराइएको थियाे ।
उनलेे बाँकी पालिका प्रभावित जनताहरूलाई पनि क्रमशः आवश्यकताअनुसार राहत उपलब्ध गराउने बताइन् ।
बाढी पीडित बस्तीमा राहत पुर्याउँदा पीडित नागरिकहरू खुसि भएका छन् ।