
सवारी चालकले नागरिक एपबाट जरिवाना तिर्न पाउने व्यवस्था शुरू
सवारी चालकले अबदेखि ‘नागरिक एप’ बाट नै जरिवानाको भुक्तानी गर्न पाउने भएका छन् ।
काठमाडौँ उपत्यकामा पहिलो पटक सो एपमार्फत जरिबाना गराउने अभियानको आइतबार गृहमन्त्री रमेश लेखकले शुभारम्भ गरे। यसको प्रयोग पहिलो चरणमा काठमाडौँ उपत्यकामा परीक्षणका रूपमा सुरु गरिएको हो । निकट भविष्यमा नै देशभर लागु गर्ने तयारी सरकारको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री लेखक तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले संयुक्त रूपमा यसको शुभारम्भ गरे । सो अवसरमा मन्त्री लेखकले राज्यका तर्फबाट प्रदान गरिने सम्पूर्ण सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने बताउँदै सबै नागरिकलाई सरल, सुलभ र पारदर्शी तथा झन्झटिलो र जटिलतारहित ढङ्गबाट सेवा प्रवाह गर्न सरकार प्रतिबद्धता रहेको बताएका थिए ।
