
रवि लामिछानेलाई आज कास्की अदालतमा उपस्थित गराइँदै
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ ।
सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेलाई हिरजसतमा राख्न म्याद थपकाे लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइन लागेकाे हाे ।
सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराधमा शुक्रबार पक्राउ परेका निजलाई सोही दिन राति पोखरा ल्याएर जिल्ला प्रहरी कार्यालय कास्कीमा हिरासतमा राखिएको छ ।
रास्वपाले सभापति लामिछानेकाे गिरफ्तारी पुर्वाग्रह र प्रतिसाेध साँध्न भएको भन्दै सरकारकाे विराेध गरिरहेकाे छ ।
