
मलेसियामा बढ्याे कामदारकाे तलब, अब न्युनतम १७ सय रिंगेट
मलेसियामा काम गर्ने सबै कामदारको न्युनतम तलब १७ सय रिंगेट पुग्ने भएको छ ।
मलेसियन सरकारले सबै क्षेत्रमा काम गर्ने श्रमिकको नयाँ न्यूनतम तलब बढाउँदै १७ सय रिंगेट (करिब ५३ हजार रुपैयाँ) दिने घोषणा गरेकाे हाे ।
मलेसियन प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इव्राहिमले शुक्रबार संसद्मा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै श्रमिकको न्यूनतम तलब बढाएको घोषणा गरेका हुन् ।
मलेसियाले न्यूनतम बढाएलगत्तै नेपाली श्रमिकको न्यूनतम तलब पनि दुई सय रिंगेटले बढेको हो । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले पाउने सबैभन्दा बढी न्यूनतम तलब मलेसिया बनेको छ ।
