यस वर्षको नाेबेल पुरस्कार तीन अर्थशास्त्रीलाई संयुक्तरूपमा प्रदान गरिने

मूलखबर संवाददाता
काठमाडौं

यस वर्षको नाेबेल पुरस्कार तीनजना अर्थशास्त्रीलाई प्रदान गरिने भएको छ ।

नाेबेल पुरस्कार छनाैट समितिले यस वर्षको अर्थशास्त्रतर्फकाे नाेबेल पुरस्कार म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु र साइमन जोन्सन तथा सिकागो विश्वविद्यालयका जेम्स रोविन्सनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

‘संस्थाहरू कसरी बन्छन् र समृद्धिलाई प्रभावित तुल्याउँछन् भन्ने अध्ययनका निम्ति’ ती अर्थशास्त्रीहरूलाई पुरस्कृत भएको समितिले जनाएको छ। उनीहरूलाई कुनै देशहरू किन धनी र कुनै देशहरू किन गरिब छन् भन्ने विषयमा गरेको अनुसन्धानका लागि पुरस्कृत गरिएको हो। यी अर्थशास्त्रीहरूले विशेषगरी युरोपेली उपनिवेशको प्रभावमा केन्द्रित भएर अध्ययन गरेका छन्।

तस्बिर : इन्क म्यागाजिन