यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
लमजुङमा प्लाष्टिकजन्य फूल उत्पादन तथा विक्री वितरणमा प्रतिबन्ध. जिल्ला प्रशासन कार्यालय लमजुङले लमजुङमा प्लाष्टिकजन्य फूल उत्पादन तथा विक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।. चाडबाडका बेला प्लाष्टिकजन्य फूलगुच्छाहरू भित्रने भन्दै प्रशासनले चाडबाडकै समयमा नागरिकलाई सचेत गराएको छ ।. वातावरण र स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भन्दै प्लाष्टिकजन्य फूलमालाको उत्पादन, विक्रिवितरण, ओसारपसार र उपभोगमा प्रतिबन्ध लगाएको प्रशासनले जनाएको छ ।. प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले लमजुङका विभिन्न पालिकामा फूल खेती व्यवसायको रुपमा विकास हुने क्रममा रहेको र नेपाल समेत क्रमशः पुष्प व्यवसायमा आत्मनिर्भर हुँदै आएको सन्दर्भमा प्लाष्टिकजन्य वस्तुबाट निर्मित फूलमाला, खादा र अन्य सामग्रीको प्रयोग नगर्न सार्वजनिक सूचना जारी गरिएको बताए ।. सूचनामा सरकारकाे नीतिलाई सम्झाउँदै भनिएको छ- नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १६ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, विक्री वितरण र भण्डारण गर्न पूर्ण रुपमा रोक लगाइएको व्यहोराको मिति २०७९ श्रावण १२ को नेपाल राजपत्रमा प्रकाशित सूचना समेत सबैमा अवगत छ ।. सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले वातावरण र स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने प्लाष्टिकजन्य फूलमालाको उत्पादन, विक्रिवितरण, ओसारपसार र उपभोग गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने बताए ।.
लमजुङमा प्लाष्टिकजन्य फूल उत्पादन तथा विक्री वितरणमा प्रतिबन्ध
मूलखबर संवाददाता
लमजुङ, २१ असाेज
जिल्ला प्रशासन कार्यालय लमजुङले लमजुङमा प्लाष्टिकजन्य फूल उत्पादन तथा विक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।
चाडबाडका बेला प्लाष्टिकजन्य फूलगुच्छाहरू भित्रने भन्दै प्रशासनले चाडबाडकै समयमा नागरिकलाई सचेत गराएको छ ।
वातावरण र स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भन्दै प्लाष्टिकजन्य फूलमालाको उत्पादन, विक्रिवितरण, ओसारपसार र उपभोगमा प्रतिबन्ध लगाएको प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले लमजुङका विभिन्न पालिकामा फूल खेती व्यवसायको रुपमा विकास हुने क्रममा रहेको र नेपाल समेत क्रमशः पुष्प व्यवसायमा आत्मनिर्भर हुँदै आएको सन्दर्भमा प्लाष्टिकजन्य वस्तुबाट निर्मित फूलमाला, खादा र अन्य सामग्रीको प्रयोग नगर्न सार्वजनिक सूचना जारी गरिएको बताए ।
सूचनामा सरकारकाे नीतिलाई सम्झाउँदै भनिएको छ- नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १६ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, विक्री वितरण र भण्डारण गर्न पूर्ण रुपमा रोक लगाइएको व्यहोराको मिति २०७९ श्रावण १२ को नेपाल राजपत्रमा प्रकाशित सूचना समेत सबैमा अवगत छ ।
सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले वातावरण र स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने प्लाष्टिकजन्य फूलमालाको उत्पादन, विक्रिवितरण, ओसारपसार र उपभोग गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने बताए ।