
झ्याप्ले खोलामा पुरिएको बस गोरखाबाट आएको पुष्टि, ३ जनाको शव फेला
नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा पुरिएको एउटा बस गोरखाबाट आएको पुष्टि भएको छ ।
उक्त बसमा चार जना सवार रहेकोमा तीन शव फेला परेको छ । गोरखाको लापुबेँसीबाट काठमाडौँ जाँदा एक बस सम्पर्कविहीन भएको थियो । झ्याप्ले खोलामा पुरिएको बस खोतल्ने क्रममा गोरखाबाट आउने क्रममा बेपत्ता भएको ना ४ ख२२७० नम्बरको बस नै रहेको पाइएको छ।
बसको केही भाग मात्र देखिएपछि थप खोजी गर्दा गोरखाबाट काठमाडौँ जाने क्रममा बेपत्ता भएको बस रहेको पुष्टि भएको जिल्ला प्रशासन कार्यालय गोरखाका सूचना अधिकारी चूडानिधि तिवारीले जानकारी दिएका छन् ।
