गोरखाको लापुबेशीबाट काठमाडौँ छुटेको बस शुक्रवारदेखि सम्पर्कविहीन

मूलखबर संवाददाता
काठमाडौं

उत्तरी गोरखाको लापुबेशीबाट काठमाडौँको लागि छुटेको बस सम्पर्क विहीन भएको छ ।

शुक्रवार बिहान गोरखाको लापुबेशीबाट काठमाडौँको लागि छुटेको ना ४ ख २२७० नम्बरको बस राती १० बजेसम्म धादिङको खानीखोला सम्म सम्पर्कमा आएको त्यस पछि अहिले सम्म पनि सम्पर्कमा नआएको गोरखा दरौदी यातायात कम्पनीका अध्यक्ष नारायण खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रवार बिहान ७ बजे गोरखाबाट काठमाडौँका लागि ४ जना लिएर हिँडेको दुइसापटी बस सम्पर्कमा नआएपछि गोरखा दरौदी यातायात कम्पनीले एक सूचना जारी गर्दै कोही कसैको सम्पर्कमा नभएकाले कम्पनीले आफ्नो तर्फ खोजी कार्य गरिरहेको र आज सम्म पनि केही पत्ता नलागेकाले खोजी कार्यमा लागिदिन सम्बन्धित निकायलाई सूचना मार्फत अपिल गरेको उहाँले बताउनुभयो ।

सम्पर्क विहीन भएका बसमा साहु तथा बस चालक मदन परियार, सहचालक विनायक भट्टराई र दुई जना नाम नखुलेको यात्रु लिएर लापुबेशीबाट काठमाडौँ जाँदा गर्दा बिच बाटो सम्म टिकट नकाटी बसमा यात्रा गर्नेहरू कति जना यात्रा गरेका थिए भन्ने अझै जानकारीमा नआएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

शुक्रवार देखि सम्पर्कमा नआएपछि जिल्ला प्रहरी कार्यालय गोरखाले धादिङ जिल्ला प्रहरी कार्यालय सँग समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठको भनाई छ ।

बस धादिङको झयाप्पे खोलामा पुरिएको हुन सक्ने आशङ्का गरिएको गोरखा दरौदी कम्पनीले जनाएको छ ।