
ज्यानकाे प्रवाह नगरी बाढीपीडितकाे उद्वारमा जुटेकाे भुषालकाे विद्यार्थी टीमलाई जनताकाे स्यावासी
सरकारले टेलिकम मार्फत वाढि, डुवान र पहिराेकाे सम्भावना भएकोले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन सुचना जारी गरेको थियाे । अखिल क्रान्तिकारीले वर्षा डुवान र बाढिकाे कारण २३ ओैं राष्ट्रिय सम्मेलनकाे जारी बन्दसत्र स्थगित गरेकाे थियाे । काठमाडौं उपत्यकामा अत्यधिक वर्षाका कारण चाैतर्फी डुवान र बाढी शुरू भइसकेको थियाे ।
अखिल क्रान्तिकारीका उपाध्यक्ष इन्द्र भुषाललाई भने जनता बाढि र डुबानमा परेकाे टुलुटुलु हेरर बस्न मन लागेन । उनले चुनावमा अध्यक्षकाे प्रत्यासी उमेदवार भनेर भाेट मागेर बस्न मनले दिएन, केही साथी लिएर बल्खु र टेकुमा बाढीले बिचल्लीमा परेका नागरिकको उद्वार गर्न निस्किए ।
बल्खुमा उनकाे टिम पुगेर बृद्धअबश्था भएका बा आमा, बीरामी र बालबालिकालाई पिठ्युँमा बाेकेर उद्वार गरेकाे देखेर डुंगा पर्खेर बसेकाे सशस्त्र प्रहरी पनि मिसियाे । उद्वार पर्खेर बसेका ३० भन्दख बढि बुढाबुढी र बालबालिका बाेकेरै उद्वार गरेका भुषालकाे विद्यार्थी टीमलाइ पीडित नागरिकहरूले स्यावनसी मात्रै दिएनन् भगवानकाे संज्ञा दिए ।
वास्तवमै जनताको दुःख पीडामा मल्हम लगाउन सक्ने र आफ्नो ज्यानकाे प्रवाह नगरी उद्वारमा जुट्ने इन्द्र भुषालकाे टीमलाई हाम्राे सलाम ।
