बजारमा खाद्यान्न अभाव हुँदैन : सरकार, विश्वस्त छैनन् जनता

मूलखबर संवाददाता
काठमाडौं, १३ असाेज

अविरल वर्षाका कारण उपत्यकासँगै बाहिरी जिल्लामा सडक तथा यातायातमा क्षति पुर्‍याएको खबरहरू आइरहेकाबेला त्यसले खाद्यान्न आपूर्तिमा कुनै असर नपर्ने जनाइएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बजारमा पर्याप्त मात्रामा खाद्यान्नको मौज्दात रहेकाले तत्काल अत्यावश्यक वस्तुको अभाव नहुने बताउनुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग हाल आठ हजार मेट्रिक टन चामल मौज्दात रहेको छ । अविरल वर्षाको कारणले खाद्यान्न अभाव हुने ठाउँमा आपूर्ति व्यवस्था सहज बनाउन चामल मौज्दात रहेको माग आउना साथ दिन सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले बताउनुभयो । सरकारी निकायसँगै र निजी क्षेत्रसँग खाद्यान्न मौज्दात रहेकाले तत्काल अभाव नहुने उहाँले बताउनुभयो । अभाव भएका ठाउँमा माग आउनासाथ तत्काल खाद्यान्नको आपूर्ति गर्ने अवस्थामा मन्त्रालय रहेको उहाँले बताउनुभयो ।

विश्वस्त छैनन् जनता-

सरकारले भनेतापनि जनता विस्वस्त देखिएका छैनन्  । सामान्य अवस्थामा पनि सरकारले पर्याप्त आपूर्ति गर्न नसकेको सरकाबाट यस्तो अवस्थामा कसरी विस्वस्त हुन सकिन्छ र कलंकीमा एक पसलमा लाम लागेका उपभोक्ताले भने ।