ललितपुरमा बाढी पहिराेमा ज्यान गुमाउने २० जना (विवरण)

मूलखबर संवाददाता
ललितपुर, १३ असाेज

लगातारको वर्षाले गर्दा ललितपुरका विभिन्न ठाउँमा भएको विपद्काे घटनामा परि मृत्युवरण गरेका व्यक्तिको विवरण जिल्ला प्रहरी परिसर ललितपुरले सार्वजनिक गरेको छ ।
परिसरले ०८१ असाेज १२ गते बेलुकी ९ बजेर ५ मिनेट जाँदा दिएकाे विवरणअनुसार
अविरल वर्षा पश्चात् आएको बाढी तथा पहिरोमा परी मृत्यु वर्ण गर्नेहरुको नामावली
१) जिल्ला ललितपुर गो.न.पा.१० टाखेलमा पहिरो कारणले वर्ष ५८ को सानु चालिसे ।
२) जिल्ला ललितपुर गो.न.पा.९ चुनिखेलमा पहिरोको कारण जिल्ला पाँचथर घर भइ हाल गो.न.पा. ९ बस्ने वर्ष ४८ की सुशिला लिम्बु
३) जिल्ला ललितपुर, महाङकाल गा.पा.३ माथिल्लो गोटिखेलमा पहिरोको कारणले वर्ष २ को संयम सिङतान ।
४) जिल्ला ललितपुर गो.न.पा.९ छम्पीमा पहिरोको कारणले जिल्ला सिन्धुली घर भइ हाल ऐ.ऐ. बस्ने वर्ष ४२ की सुनिता तामाङ ।
५) गो.न.पा.३ मा पहिरोको कारणले एकै घरको वर्ष ३५ को पवन नगरकोटी र निजको छोरी वर्ष १० की मेन्सिला नगरकोटी।
६) ललितपुर महानगरपालिका २५ तालिमकेन्द्रमा बाढिको कारणले ऐ. स्थान बस्ने वर्ष ६६ की ताराराज कनिका ।
७) महालक्ष्मी नगरपालिका ०९ सिस्नेरी ठकुरीगाउमा पहिरोको कारणले बर्ष ३५ कि रिना महिम कर्मी श्रेष्ठ ।
८) महालक्ष्मी नगरपालिका ०९ सिस्नेरी खोलाको बाढीले वर्ष ४४ रविन भुजेल ।
९) ललितपुर महानगरपालिका १४ कान्तिपुर कोलोनिमा बाढीको कारणले जिल्ला रौतहट घर भई ल.पु. १४ बस्ने वर्ष २७ को नन्दु साह ।
१०) महालक्ष्मी नगरपालिका ०८ शंखादेवी नेपाल चोकमा पहिरोको कारणले वर्ष ६१ की राधीका थापा।
११) कोन्ज्योसोम गाउँपालिका ३ दलचौकीमा पहिरोको कारणले एकै घरको बर्ष २२ की सुम्निमा घलान र बर्ष १५ को समिर घलान ।
१२) गोदावरी नगरपालिका ५ लेले महतगाउँमा पहिरोको करणले बर्ष ३८ की सर्मिला महत ।
१३) गोदावरी नगरपालिका ७ देवीचौरमा पहिरोको कारणले अनिल रुम्बा गोठ पहिरोले पुरिन जादाँ हाल नाम वतन नखुलेको बर्ष अं. २८ / ३० को शेर्पा भन्ने ब्यक्ति ।
१४) गोदावरी नगरपालिका ६ टिकाभैरवमा पहिरोको कारणले बर्ष ५० को भाइकृष्ण खड्का, र एकै घरको बर्ष ५५ को प्रलाद थापा र बर्ष ३० को सुमन थापा ।
१५) बागमती गाउँपालिका १ घुसेलमा पहिरोको कारणले वर्ष ५० को केशब न्यौपाने ।
१६) गोदावरी नगरपालिका १० न्यौपाने गाउँ स्थित SCRC होस्टेल पछाडी पहीरो जादा होस्टेलमा बस्ने वर्ष ७ को सुजन राई