नागरिकतामा लैगिक समानताको कार्यनयनमा सांसदहरूकाे जाेड

मूलखबर संवाददाता
काठमाडौं, १० असा्ज

नागरिकतामा लैंगिक समानताकाे कुरा व्यवहारिक रूपमै कार्यन्वयन हुनुपर्ने सांसदहरूले बताएका छन् ।
कानुन, महिला तथा विकास मञ्चद्वारा राजधानीमा बिहीबार आयाेजित कार्यक्रममा प्रतिनिधिसभाका सदस्य सांसदहरूले नागरिकतामा देखिने पितृसत्तात्मक साेँचले धेरै समस्या बनाएकाे बताए ।

नेपाली कांग्रेस सांसद तथा पुर्वमन्त्री डिक बहादुर लिम्बू, शुशीला श्रेष्ठ , नेकपा माओवादी केन्द्रकन सांसद मिना तामाङ, पुर्ण बहादुर घर्ती र राजन दाहालले कानुन निर्माण  भन्दा बढि कार्यनयनमा जाेड दिनुपर्ने बताए । कार्यक्रममा सांसदहरूले सांसदहरूले कानुनलाई महिला मैत्री बनाउन भुमिका खेल्ने प्रतिवद्वता पनि व्यक्त गरेका छन् ।

कार्यक्रममा कानुनविद तथा अधिवक्ता शुश्मा गाैतमले विभिन्न समयका संविधान, ऐन र नियमावलीमा भएका प्रावधान र कार्यनयनमा देखिएका समस्याबारे जानकारी गराएकी थिइन् ।