
रास्वपा पार्टी कार्यालयमा नेता कार्यकर्ताको घुईँचो
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित दलका नेताहरू वनस्थलीस्थित पार्टी कार्यालयमा भेला भएका छन् ।
सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिले प्रतिवेदन बुझाएपछि सभापति लामिछानेलाई पक्राउ गर्ने तयारीमा सरकार छ । पूर्वडीआइजी छविलाल जोशीलाई आइतबार पक्राउ गरेर पोखरा लगेपछि सरकारले लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको थियो।
सोही कारण हिजो साँझबाटै सभापति लामिछानेसहित रास्वपाका नेता कार्यकर्ता पार्टी कार्यालयमा भेला भएर बसिरहेका छन् । यस्तै कार्यकर्ताहरू पनि पार्टी कार्यालय पुगेका छन् ।
सभापति लामिछानेले हिजो साँझै तयार भएर बस्न नेता कार्यकर्तालाई निर्देशन दिएका थिए । साथै शनिबार चीन पुगेका रास्वपा सांसद तथा नेताहरूलाई पनि देश फिर्ता बोलाइएको छ ।
