यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
डेंगुको जोखिम दशैँमा भयावह हुन सक्ने आँकलन. मूलखबर संवाददाता काठमाडौं काठमाडौं उपत्यकासहित देशका ७५ जिल्लामा फैलिएको डेंगुको जोखिम अझै केही दिन कायम रहने देखिएको छ ।. इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार पुसदेखि हालसम्म देशभर ११ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने छ जना सङ्क्रमितको मृत्यु भएको छ ।. डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ । डेंगुको सङ्क्रमणको खतरा कायमै रहेकाले थप सजकता अपनाउन चिकित्सकको आग्रह छ ।. यही तरिकाले बढ्दै गएमा दशैँमा डेंगु भयावह हुन सक्ने विज्ञको आकलन छ । लामखुट्टे वयस्क भइसकेकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन चिकित्सकहरुको सुझाव छ ।. अस्पतालका सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले पछिल्लो केही हप्तादेखि अस्पतालमा डेंगु सङक्रमण भएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको जानकारी दिनुभयो ।. यही तरिकाले डेंगु बढ्दै गएमा दशैंमा डेंगु भयावह हुन सक्ने उहाँको आकलन छ । लामखुट्टे वयस्क भइसकेकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन उहाँको सुझाव छ । दशैँको बेलामा लामखुट्टेको टोकाइबाट बच्न सकेमा डेंगुको जोखिम नबढ्ने पुन: बताउनुहुन्छ ।. उहाँ भन्नुहुन्छ,“लगभग सबै जिल्लामा डेंगु पुष्टि भइसकेको छ । दशैँमा सबै एकै ठाउँमा भेला भएको बेलामा लामखुट्टेको टोकाइबाट बच्न सावधानी अपनाउनुपर्छ ।”.
डेंगुको जोखिम दशैँमा भयावह हुन सक्ने आँकलन
मूलखबर संवाददाता
काठमाडौं
काठमाडौं उपत्यकासहित देशका ७५ जिल्लामा फैलिएको डेंगुको जोखिम अझै केही दिन कायम रहने देखिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार पुसदेखि हालसम्म देशभर ११ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने छ जना सङ्क्रमितको मृत्यु भएको छ ।
डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ । डेंगुको सङ्क्रमणको खतरा कायमै रहेकाले थप सजकता अपनाउन चिकित्सकको आग्रह छ ।
यही तरिकाले बढ्दै गएमा दशैँमा डेंगु भयावह हुन सक्ने विज्ञको आकलन छ । लामखुट्टे वयस्क भइसकेकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन चिकित्सकहरुको सुझाव छ ।
अस्पतालका सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले पछिल्लो केही हप्तादेखि अस्पतालमा डेंगु सङक्रमण भएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको जानकारी दिनुभयो ।
यही तरिकाले डेंगु बढ्दै गएमा दशैंमा डेंगु भयावह हुन सक्ने उहाँको आकलन छ । लामखुट्टे वयस्क भइसकेकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन उहाँको सुझाव छ । दशैँको बेलामा लामखुट्टेको टोकाइबाट बच्न सकेमा डेंगुको जोखिम नबढ्ने पुन: बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ,“लगभग सबै जिल्लामा डेंगु पुष्टि भइसकेको छ । दशैँमा सबै एकै ठाउँमा भेला भएको बेलामा लामखुट्टेको टोकाइबाट बच्न सावधानी अपनाउनुपर्छ ।”