यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
धनुषा हिरासतबाट नौ जना थुनुवा फरार. मूलखबर संवाददाता काठमाडौं जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट आज (सोमवार) बिहान नौ जना थुनुवा फरार भएका छन् । फरार भएकाहरू सबै लागु औषध र अभद्र व्यवहारका आरोपित रहेको प्रहरीले जनाएको छ ।. फरारमध्ये एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । फरार हुनेमा लागु औषध मुद्दाका जनकपुर उपमहानगरपालिका २० रुपैठाका अमित कुमार झा, धनुषा गिद्धा नपा ७ का रञ्जित मण्डल र रोशनकुमार मण्डल, धनुषा औरही गाउँपालिका २ का विशाल मुखिया र सिरहा नपा १३ का अभाष्करकुमार यादव रहेको धनुषा प्रहरीले जनाएको छ ।. त्यस्तै फरार हुने अभद्र व्यवहार मुद्दाका महोत्तरी जलेश्वर नपा ५ का सत्यम झा, जनकपुर उपमहानगरपालिका १ का सुमित मेस्तर र वडा नं ४ का शेखर कार्की तथा धनुषा नगराइन नपा २ का मनिष मण्डल रहेको धनुषाका डिएसपी रञ्जन आवले जानकारी दिनुभयो ।. धनुषा प्रहरीमा महिलाका लागि एकसहित ३ वटा हिरासत कक्षमा ५९ जना थुनुवा रहेका छन् । थुनुवा कक्षको सुरक्षाका लागि ५ जना प्रहरीको २४ घण्टे डिउटी रहने गरेको छ ।.
धनुषा हिरासतबाट नौ जना थुनुवा फरार
मूलखबर संवाददाता
काठमाडौं
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट आज (सोमवार) बिहान नौ जना थुनुवा फरार भएका छन् । फरार भएकाहरू सबै लागु औषध र अभद्र व्यवहारका आरोपित रहेको प्रहरीले जनाएको छ ।
फरारमध्ये एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । फरार हुनेमा लागु औषध मुद्दाका जनकपुर उपमहानगरपालिका २० रुपैठाका अमित कुमार झा, धनुषा गिद्धा नपा ७ का रञ्जित मण्डल र रोशनकुमार मण्डल, धनुषा औरही गाउँपालिका २ का विशाल मुखिया र सिरहा नपा १३ का अभाष्करकुमार यादव रहेको धनुषा प्रहरीले जनाएको छ ।
त्यस्तै फरार हुने अभद्र व्यवहार मुद्दाका महोत्तरी जलेश्वर नपा ५ का सत्यम झा, जनकपुर उपमहानगरपालिका १ का सुमित मेस्तर र वडा नं ४ का शेखर कार्की तथा धनुषा नगराइन नपा २ का मनिष मण्डल रहेको धनुषाका डिएसपी रञ्जन आवले जानकारी दिनुभयो ।
धनुषा प्रहरीमा महिलाका लागि एकसहित ३ वटा हिरासत कक्षमा ५९ जना थुनुवा रहेका छन् । थुनुवा कक्षको सुरक्षाका लागि ५ जना प्रहरीको २४ घण्टे डिउटी रहने गरेको छ ।