यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
रकम भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायी धर्नामा. मूलखबर संवाददाता काठमाडौं लुम्बिनी विकास कोषले भुक्तानी नदिएको भन्दै निर्माण कम्पनीहरूले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा धर्ना तथा ज्ञापनपत्र बुझाएका छन्।. लुम्बिनी विकास गुरुयोजना अन्तर्गत गत आर्थिक वर्ष २०८०/८१ मा निर्माण पुरा गरेको कामको झण्डै ५० करोड रुपैयाँ भुक्तानी नभएको निर्माण कम्पनीहरूले जनाएका छन्।. गुरूयोजना अन्तर्गत हाल लुम्बिनी भित्र सडक, नाली, कल्भर्ट, फुटपाथ लगायत ४ अर्बको निर्माणको काम भइरहेको छ। लुम्बिनी अनक–खड्का कृष्ण जेभी, लामा एपेक्स कमलजित जेभी, रमन गजुरमुखी रामजानकी जेभी र खानी अर्घाखाँची बाबुल जेभी गरी ४ वटा निर्माण कम्पनीले एक(एक अर्बको निर्माणको काम गरिरहेका छन्।. तर लुम्बिनी विकास कोषले निर्माण सम्पन्न भएको कामको भुक्तानी नदिएपछि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको बताएका छन्।. लुम्बिनी अनक खड्का कृष्ण जेभीका देवराज गौतमले कोषले भुक्तानीका लागि बेवास्ता गरेपछि बाध्य भएर धर्ना दिनुपरेको बताए। उनका अनुसार चारवटा निर्माण कम्पनीले कोषबाट १० महिना पहिले निर्माण सम्पन्न गरेको झण्डै ५० करोड रूपैयाँ भुक्तानी पाउन सकेका छैनन्।.
रकम भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायी धर्नामा
मूलखबर संवाददाता
काठमाडौं
लुम्बिनी विकास कोषले भुक्तानी नदिएको भन्दै निर्माण कम्पनीहरूले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा धर्ना तथा ज्ञापनपत्र बुझाएका छन्।
लुम्बिनी विकास गुरुयोजना अन्तर्गत गत आर्थिक वर्ष २०८०/८१ मा निर्माण पुरा गरेको कामको झण्डै ५० करोड रुपैयाँ भुक्तानी नभएको निर्माण कम्पनीहरूले जनाएका छन्।
गुरूयोजना अन्तर्गत हाल लुम्बिनी भित्र सडक, नाली, कल्भर्ट, फुटपाथ लगायत ४ अर्बको निर्माणको काम भइरहेको छ। लुम्बिनी अनक–खड्का कृष्ण जेभी, लामा एपेक्स कमलजित जेभी, रमन गजुरमुखी रामजानकी जेभी र खानी अर्घाखाँची बाबुल जेभी गरी ४ वटा निर्माण कम्पनीले एक(एक अर्बको निर्माणको काम गरिरहेका छन्।
तर लुम्बिनी विकास कोषले निर्माण सम्पन्न भएको कामको भुक्तानी नदिएपछि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको बताएका छन्।
लुम्बिनी अनक खड्का कृष्ण जेभीका देवराज गौतमले कोषले भुक्तानीका लागि बेवास्ता गरेपछि बाध्य भएर धर्ना दिनुपरेको बताए। उनका अनुसार चारवटा निर्माण कम्पनीले कोषबाट १० महिना पहिले निर्माण सम्पन्न गरेको झण्डै ५० करोड रूपैयाँ भुक्तानी पाउन सकेका छैनन्।