
काेरला नाकामा दशै अगावै अध्यागमन कार्यलय सञ्चालन गर्ने तयारी
उपल्लो मुस्ताङको लोमन्थाङमा पर्ने नेपाल–चीन २४ नम्बर सीमास्तम्भ रहेको कोरला नाकामा दसैँ अघिनै अध्यागमन कार्यालय संञ्चालन गर्ने गरी तयारी अघि बढाइएको छ । हालै नाकासम्म केन्द्रीय प्रशारण लाइनको विधुत र नेपाल टेलिकमको इन्टरनेटसहित मोवाइलको सेवा पुर्याइएको छ ।
दसैँअघि नै कोरला नाकामा अध्यागमन कार्यालय संञ्चालन गर्ने गरी काम भइरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । कोरोला नाकामा चिनियाँ भन्सारको आमने–सामने हुने गरी प्रिफ्याव प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट स्थापना भइसकेको छ ।
सोही भवनमा केन्द्रीय विधुतीकरण गरिएको हो । भवन गण्डकी प्रदेश सरकारले निर्माण गरेको हो । त्यसैगरी यही हप्ताभित्र नेपाल टेलिकमको उच्च गतिको इन्टरनेटसहित मोवाइल सेवा पनि सञ्चालनमा आउने मुस्ताङ प्रशासनले जनाएको छ ।
