
कतै भ्रमणमा निस्कँदै हुनुहुन्छ ? यी प्रदेशमा हुँदैछ भारी वर्षा
आज कतै भ्रमण गर्न निस्कँदै हुनुहुन्छ ? केछिन माैसमबारे जानकारी लिएर मात्रै निस्कनुहास् है ।
आज कोशी र मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा शनिबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राति कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।
