ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता

मूलखबर संवाददाता
काठमाडौं

प्रचण्डसहित तीन शीर्ष नेताको भेटघाट भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताहरुको भेटवार्ता भएको हो। आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको श्रोतले बताएको छ ।

पार्टीको जिल्लास्तरीय कार्यक्रममा रहेका प्रचण्ड आज बिहान मात्रै काठमाडौं आइपुगेका थिए। ओली र प्रचण्डको कुराकानी भइरहेकै समय देउवा पनि बालुवाटार पुगेका थिए। सत्तारुढ दलहरुले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरिरहेका बेला भएको भेटलाई अर्थपूर्ण मानिएको छ। माओवादीले सरकारको यो कदमको विरोध गर्दै आइरहेको छ।

प्रधानन्यायाधीश नियुक्तिका लागि हिजो संवैधानिक परिषद्को बैठक बोलाइएको थियो। तर राना र प्रचण्डको उपस्थिति निश्चित नरहेको सो बैठक भोलिसम्मका लागि सारिएको थियो।

आजको भेटमा समसामयिक राजनीतिक परिस्थिति, संवैधानिक परिषद् बैठक तथा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने प्रधानमन्त्रीको आशन्न अमेरिका भ्रमणलगायत विषयमा कुराकानी भएको बुझिएको छ।