
उपसभामुख हटाउने कार्यमा नलाग्न रविको चेतावनी!
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुखलाई हटाउने कदम नचाल्न आग्रह गरेका छन्।
बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले बिहीवार आफूले प्रधानमन्त्री ओलीलाई भेटेर उपसभामुखको विषयमा भइरहेको चर्चा परिचर्चाहरुको बारेमा वास्तविकता के हो ? भनी प्रश्न गरेको बताएका छन्।
लामिछानेले आफूले यदि उपसभामुखलाई हटाउन लागेको हो भने गलत गर्दै हुनुहुन्छ भनेर सचेत गराएको बताएका छन्। लामिछानेले दुई तिहाइको शक्ति भएको सरकारको प्राथमिकताहरु धेरै भएको भन्दै शक्तिको सदुपयोग नगर्न आग्रह गरेको बताएका छन्।
सभापति लामिछानेले यदि उपसभामुखलाई हटाइए सत्तारुढ दलहरुका लागि आत्मघाती हुने चेतावनी दिएका छन्।
