
विकास बोर्डले काट्यो १९ वटा सिनेमा हललाई पत्र
चलचित्र विकास बोर्डले विकास शुल्कको बक्यौता तिर्न, बक्स अफिस जडान तथा अद्यावधिक गर्न डेढ दर्जन सिनेमा हललाई पत्र काटेको छ।
बोर्डले काठमाडौं बाहिरका १९ वटा सिनेमा हललाई पत्र काटेको हो।
एक महिनाभित्र बक्स अफिस जडान गरी बक्यौता चलचित्र विकास शुल्क तिरेर सिनेमा घर अद्यावधिक गराई संचालन गर्न बोर्डले अनुरोध गरेको छ। अन्यथा कानुन बमोजिम कारवाही गरिने बोर्डले जनाएको छ।
