नेपालमा यस आर्थिक वर्षमा ७ हजार २२३ जनाद्धारा आत्महत्या

मूलखबर संवाददाता
काठमाडौं

सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस। ‘आत्महत्या रोकथामबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ’ नाराका साथ जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ।

विश्वभर प्रतिवर्ष ८ लाखभन्दा बढी व्यक्तिले आत्महत्या गर्ने बताइन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार कुल आत्महत्याको ७७ प्रतिशत कम र मध्यम आय भएको देशमा हुन्छ। नेपालमा दैनिक सरदर २० जनाले आत्महत्या गर्ने गरेका छन्।

नेपालमा आर्थिक वर्ष २०८०/८१ मा सात हजार २२३ जनाले आत्महत्या गरेका थिए।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.यदुचन्द्र घिमिरे आत्महत्याका को उच्च जोखिममा रहेका वर्गको पहिचान गरी उनीहरूलाई निरन्तर निगरानीमा राख्नुपर्ने बताउँछन्।

आत्महत्या बढ्दै गएपछि संसदीय समितिको निर्देशनअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक अस्पतालमा ११६६ नम्बरको हटलाइन सेवा सञ्चालनमा ल्याएको छ।