
टेलिकमकाे प्रवन्ध निर्देशकमा पहाडी नियुक्त
नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त भएकी छिन् ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पहाडीलाई आगामी चार वर्षका लागि टेलिकम प्रबन्ध निर्देशक नियुक्त गरेको हो ।
यसअघि माओवादी नेतृत्वको सरकारले पहाडीलाई २०८० असोज दोस्रो सातादेखि टेलिकमको निमित्त प्रबन्ध निर्देशककाे रूपमा जिम्मेवारी दिएकाे थियाे । उक्त जिम्मेवारी सम्हाल्दा पहाडी नायब प्रबन्ध निर्देशक थिइन् ।
त्यो बेला सरकारले अर्को व्यवस्था नभएसम्मका लागि पहाडीलाई निमित्त प्रबन्ध निर्देशक भई काम गर्न दिने निर्णय गरेको थियो ।
