साेलु थामेका बाढी पीडितलाई काठमाडौं महानगरले २० लाख सहयाेग गर्ने

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं महानगरपालिकाले सोलुखुम्बुको थामे हिमबाढी प्रभावितलाई राहत र पुनर्स्थापनका लागि २० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ।

महानगरका मेयर बालेन शाहको अध्यक्षतामा शुक्रबार बसेको महानगर विपद व्यवस्थापन समितिको बैठकले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको महानगरले जनाएको छ।

हिमताल फुटेर आएको बाढीले प्रभावितलाई राहत र पुनःस्थापना कार्यका लागि उक्त आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको हो।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको कोषमा २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय महानगरले गरेको छ।