अब जहाजमा यात्रा गर्दा घरपालुवा जनावर लान पाइने, तर यस्तो सर्त

मूलखबर संवाददाता
काठमाडौं, ३० साउन

तपाईं जहाजबाट यात्रा गर्दा घरमा कुकुर कसलाई जिम्मा लगाउने भनेर चिन्तित हुनुहुन्छ ? अब त्यसको समाधान हुने भएको छ ।

अबदेखी पालुवा जनावरलाई पनि अब हवाई यात्रा गर्दा साथमै लैजान पाइने भएको छ।

श्री एयरलाइन्सले छिट्टै यो सुविधा ल्याउने तयारी गरेको छ। एयरलाइन्सले यात्रुको सहजता र आवश्यकतालाई मध्यनजर गर्दै यस्तो उडानको तयारी गरेको हो।

यसअघि कोभिडअघि पनि आन्तरिक उडानमा घरपालुवा जनावर बोकेर जान पाइन्थ्यो।

कोभिडपछि भने अब श्रीले सुरू गर्न लागेको हो। कम्पनीका प्रवक्ता अनिल मानन्धरका अनुसार यात्रुले यसका लागि सुरूमा आफ्नो जनावरको भेटनरी डाक्टरबाट चेकजाँच गरी ‘फिट टु फ्लाइट र क्वारेन्टाइन सर्टिफिकेट’ लिनुपर्नेछ।

यो प्रकिया पूरा गरेपछि मात्र उडान गर्न पाइने उनले बताए।