कुलमान घिसिङको समर्थनमा युवाहरुको प्रदर्शन : माफियाको सत्ता, विजुली चोरलाई भत्ता

मूलखबर संवाददाता
काठमाडौं, २६ साउन ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको समर्थनमा युवाहरुले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् । युवाले माइतीघरदेखि बानेश्वरसम्म र्‍याली निकालेका हुन् ।


‘विद्युत प्राधिकरण डुबाउन पाइदैन, जनतालाई महंगीमार बिजुली चोरलाई कर छुट उपहार, अध्याँरो र उज्यालोको फरक छर्लङ्ग छ लगायतका विभिन्न नारा लेखेको ‘प्ले कार्ड’ बोकेका थिए ।
उनीहरुले कुलमानलाई हटाउन नहुने भन्दै उनलको विरुद्धमा अख्तियारमा मुद्धा हालेकोमा विरोध जनाउँदै वर्तमान सरकारलाई माफियाको सत्ताको संज्ञा दिएका थिए । उनीहरुले माफियाको सत्ता विजुली चोरलाई भत्ता लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।