
पार्टी र जनवर्गीय सङगठन एकिकृत रुपमा परिचालित बनाैं- खनाल
नेकपा (माओवादी केन्द्र)का सचिव चक्रपाणी खनाल बलदेवले पार्टी नयाँ ढंगबाट अगाडि बढाउन पार्टी र जनबर्गिय सगठन एकिकृत रुपमा परिचालनका लागि सबै लाग्न निर्देशन दिनु भएको छ ।
उहाँले नेपालकाे राजनीतिमा पार्टी स्थापित गर्न पार्टी र जनवर्गीय सङगठनलाइ पनि निर्वाचन लग्नु पर्ने बताउदै अब पार्टी विधि निर्वाचन लग्ने गरि तयारि भएको बताउनुभयाे ।
सचिब खनालले अब माओवादि पार्टी हरेक कामका लागि जनताकाे शुसासनकाे काम गर्दा गर्दै पनि विचाैलिया, भ्रष्टाचारीहरु एक स्थानमा भएर सरकार ढालेकाे सत्य भएको जनताले बुझेकाे बताउनुभयाे ।
उहाले नेपालकाे सरकार परिवर्तन कारण जनताकाे बिचमा सुशासन र सामाजिक न्यायकाे विषय लगेर जानु पर्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका अध्यक्ष सुदर्शन बरालले जनवर्गीय सङगठन र पार्टी एकताबद्ध भएर सिङ्गाे जनताकाे मुक्तिकाे लागि लड्नु पर्ने बताउनुभयाे । उहाले जनबर्गिय सङगठनहरुले पार्टीको निति याेजना सम्पेशन गर्न जनताकाे विचमा जाने बताउनु भयाे ।
उहाँले पार्टीका सङगठनहरु जनताकाे बिचमा जान निर्देशन दिनुभयाे । अध्यक्ष बरालले लुम्बिनी प्रदेशकाे भरी चलायमान बनाउनकाे लागि लाग्नुपर्ने बताउनुभयाे । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समिति सङगठन बिभागकाे आयाेजनामा सङगठनात्मक अन्तरक्रिया कार्यक्रम लुम्बिनी प्रदेशकाे राजधानीमा साउन २० गते अर्थात आइतबार सम्पन्न भएकाे छ भएको छ ।
बैठक माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिकाे सचिव तथा सङगठन विभाग प्रमुख कृष्ण अधिकारी प्रकाशकाे अध्यक्षतामा नेकपा माओवादी केन्द्र केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश समिति इन्चार्ज चक्रपाणि खनाल बलदेवकाे प्रमुख आतिथ्यतामा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समिति, अध्यक्ष सुदर्शन वराल बिशिस्ट आतिथ्यमा कार्यालय सचिव यज्ञ पाेखरेल सञ्चालनमा सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्र केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश समिति इन्चार्ज चक्रपाणि खनाल बलदेवले राजनितिक हिसाव माओवादी बिजयी बनेकाे बताउनुभयो ।
जिल्लाका संयाेजक र जनवर्गीय सङगठनका प्रमुखले रिपोर्टिङ गर्नु भएको थियाे ।
