
देखाइयो भाेटाे, सकियाे जात्रा
जावलाखेल ल्याइएको चार दिनपछि राष्ट्रपति रामचन्द्र पाैडेलकाे उपस्थितिमा भोटो देखाएर जात्राको समापन गरिएको हाे ।
रातो मत्स्येन्द्रनाथको रथ बिहीबार लगनखेलबाट तानेर जावलाखेल पुर्याएसँगै आइतबार भोटो जात्रा देखाइएको हाे । हरेक वर्ष राष्ट्रप्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइएको हो ।
यससँगै जात्राको पनि आइतबार समापन भएको छ ।
