महशुल नतिर्ने उद्योगीलाई लाइन जाेड्न नमानेको आराेपमा २ सदस्यलाई स्पष्टीकरण

मूलखबर संवाददाता
काठमाडौं, १६ साउन

विद्युुत महशुल नतिर्ने उद्योगीकाे लाइन जाेड्न अस्वीकार गरेकाे आराेप लगाउँदै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई स्पष्टीकरण साेधिएकाे छ ।

प्रधानमन्त्री केपी ओलीकाे ठाडो निर्देशनमा दुइजना सदस्यलाई ३  दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।

सञ्चालकद्वयले विद्युत् महसुल उठ्ने ग्यारेन्टी नभई काटिएको लाइन जोड्न नहुने भन्दै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।