माओवादी केन्द्र एकल चुवाव लड्ने निर्णय

मूलखबर संवाददाता
काठमाडौं, १५ साउन २०८१

शुक्रबारदेखि पाँच दिनसम्म चलेको बैठक समापन गर्दै अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक्लै चुनाव लड्ने निष्कर्ष सुनाएका हुन् । सरकारबाट हट्नुपर्ने परिस्थतिले एक्लै चुनाव लड्ने तयारी गर्न अवसर समेत मिलेको प्रचण्डले बताएका छन् ।

यसअघि चुनावी गठबन्धन गर्दा पार्टीको विचार र सिद्धान्तहरु जनतामा लैजान अप्ठ्यारो परेको उनले बताए । तर एक्लै चुनाव लड्दा पार्टीको कुरा जनतामा राख्न सकिने अवसर मिल्ने निष्कर्ष समेत बैठकले निकालेको छ । ‘हामीले के निष्कर्ष निकालेका छौं भने यो जनतामा जाने सूवर्ण अवसर पनि हो’, सापकोटाले भने ।