
काठमाडौंबाट बाँदर लगेर नजीकका जिल्लामा छोड्दा बाँदर आतंक बढ्यो : सांसद बराइली
प्रतिनिधिसभा सदस्य रुक्मिनी बराइलीले काठमाडौंको श्वयम्भूबाट कन्टेनरभरी बाँदर लगेर नजीकका जिल्लामा छाडिदिँदा किसानहरु पीडित बनेको भन्दै आपत्ति जनाएकी छिन् ।
बिहीबारको संसद बैठकमा शुन्य समयमा बोल्दै सांसद बराइलिले बज्य जन्तु हात्ती, बँदेल लगायतको समस्याले किसानहरु पीडित भइआएकामा काठमाडौ.बाट लगेर छाडिएका बाँदरले खेती खाएर किसान हैरानीमा परेको बताएकी हुन् ।
उनले भित्री मधेश र तराईका जिल्लासहित काभ्रेमा पनि बाँदरले मानिसहरुलार्य आक्रमण गरेर घाइते बताएकोले सम्वन्धीत निकायले विशेष ध्यान दिनुपर्ने र बाँदर आतंक रोक्नुपर्ने माग गरेकी हुन् ।
