पाँच राजदूत फिर्ता बाेलाउने, १८ देशमा नयाँ राजदूत सिफारिस

मूलखबर संवाददाता
काठमाडौं, ६

सरकारले पाँच देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ। त्यस्तै १८ देशमा नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सरकारले अस्ट्रेलिया, चीन, श्रीलंका, रसिया र दक्षिण अफ्रिकाका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

यस्तै अमेरिका, बेलायत, दक्षिण कोरिया, रसिया, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, भारत, अस्ट्रेलिया, साउदी अरब, अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनीका लागि नयाँ राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ।

सरकारले भारतमा शंकर शर्मालाई नै निरन्तरता दिने भएको छ। अमेरिकामा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी र बेलायतमा पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका छन् ।