
संक्रमणकालिन न्यायसम्बन्धी सहमति जुटाउन बस्याे कार्यदल बैठक
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी छ।
सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा पौने ९ बजेपछि बैठक सुरू भएको हो।
आजको बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा सरोकारवालाहरुसँग छलफल गर्ने र अन्तिम रूप दिने तयारी छ।
यसअघि शुक्रबार बसेको बैठकले सैद्धान्तिक सहमति जुटाएर सरोकारवालाहरूसँग राय लिने निर्णय गरेको थियो।
शुक्रबारकै बैठकले पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउनुपर्ने निष्कर्ष निकालेको थियो।आजको बैठकपछि प्रतिवेदन तयार गरी प्रधानमन्त्रीसहित शीर्ष नेताहरूलाई बुझाउने तयारी छ।
