यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
विद्युत व्यापारकाे इतिहासमा नेपाल पहिलोपटक नाफामा, कसले पुर्यायाे नाफामा ? विद्युत व्यापारकाे इतिहासमा नेपाल पहिलोपटक नाफामा, कसले पुर्यायाे नाफामा? मूलखबर संवाददाता काठमाडौं, १४ साउन नेपाल–भारत विद्युत् व्यापारको पाँच दशकभन्दा लामो इतिहासमा नेपाल पहिलोपटक नाफामा गएको छ । भारतसँगको विद्युत् व्यापारमा गत आवमा नेपाललाई १२ करोड २३ लाख रुपैयाँ नाफा (आयातभन्दा निर्यात धेरै) भएको हो ।. नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त गत आवको विद्युत् आयात–निर्यातसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । प्राधिकरणले गत आवमा १६ अर्ब ८१ करोड तीन लाख रुपैयाँको विद्युत् आयात गरेको थियो । परिमाणका आधारमा एक अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत् आयात भएको थियो । निर्यात भने १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँको भएको खबर नयाँ पत्रिकामा छ ।. परिमाणका आधारमा एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात भएको देखिन्छ । त्यसअनुसार रकमका आधारमा आयातभन्दा १३ करोड २३ लाख रुपैयाँ बढीको निर्यात भएको छ । परिमाणका आधारमा आयातभन्दा १० करोड ९१ लाख युनिट बढी विद्युत् निर्यात भएको तथ्यांकमा छ ।. अघिल्लो आवमा ०७९/८० मा भारतबाट १९ अर्ब ४४ करोड ४० लाख रुपैयाँको विद्युत् आयात भएको थियो । निर्यात भने १० अर्ब ४५ करोड ५० लाख रुपैयाँको मात्रै थियो । त्यसअनुसार अघिल्लो आवको विद्युत् व्यापारमा नेपाललाई आठ अर्ब ९८ करोड ९० लाख रुपैयाँ घाटा (निर्यातभन्दा आयात बढी) थियो ।.
विद्युत व्यापारकाे इतिहासमा नेपाल पहिलोपटक नाफामा, कसले पुर्यायाे नाफामा ?
मूलखबर संवाददाता
काठमाडौं, १४ साउन
नेपाल–भारत विद्युत् व्यापारको पाँच दशकभन्दा लामो इतिहासमा नेपाल पहिलोपटक नाफामा गएको छ । भारतसँगको विद्युत् व्यापारमा गत आवमा नेपाललाई १२ करोड २३ लाख रुपैयाँ नाफा (आयातभन्दा निर्यात धेरै) भएको हो ।
नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त गत आवको विद्युत् आयात–निर्यातसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । प्राधिकरणले गत आवमा १६ अर्ब ८१ करोड तीन लाख रुपैयाँको विद्युत् आयात गरेको थियो । परिमाणका आधारमा एक अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत् आयात भएको थियो । निर्यात भने १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँको भएको खबर नयाँ पत्रिकामा छ ।
परिमाणका आधारमा एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात भएको देखिन्छ । त्यसअनुसार रकमका आधारमा आयातभन्दा १३ करोड २३ लाख रुपैयाँ बढीको निर्यात भएको छ । परिमाणका आधारमा आयातभन्दा १० करोड ९१ लाख युनिट बढी विद्युत् निर्यात भएको तथ्यांकमा छ ।
अघिल्लो आवमा ०७९/८० मा भारतबाट १९ अर्ब ४४ करोड ४० लाख रुपैयाँको विद्युत् आयात भएको थियो । निर्यात भने १० अर्ब ४५ करोड ५० लाख रुपैयाँको मात्रै थियो । त्यसअनुसार अघिल्लो आवको विद्युत् व्यापारमा नेपाललाई आठ अर्ब ९८ करोड ९० लाख रुपैयाँ घाटा (निर्यातभन्दा आयात बढी) थियो ।