रास्वपा सांसद ढकालले उठाए गभर्नरको नियतमाथि प्रश्न

मूलखबर संवाददाता
काठमाडौं, १३ साउन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा प्रतिनिधिसभा सदस्य हरि ढकालले गभर्नर महाप्रसाद लामिछानेको यितमाथि संसदमा प्रश्न उठाएका छन् ।

आइतबारको संसद बैठकका आकस्मीक समयमा बोल्दै सांसद ढकालले शेयर बजारबारे विगतमा र अहिलेको अवस्था हेर्दा नियामक निकाय राष्ट्रबैंकको गभर्नर लामिछानेको नियत शंकास्पद भएको बताएका हुन् ।

उनले भने-  ‘हिजो हामीले शेयर बजार अगाडि बढाउनको लािग दिएका सुझावहरुलाई वेवास्ता गरियो तर आज एमालेको अर्थमन्त्री आउने वित्तिकै तिनै सुझावहरुलार्य कार्यान्वयन गरियो र शेयर बजारमा उत्साह ल्याउने काम भयो । हिजो संकुचन गर्ने आज फुकाउन सक्ने के त्यस्तो फरक अवस्था आएको हो ? यसले नियामक निकाय राजनीतिक दलको गोटी बनेको आशंका उव्जीएको छ ।’

उनले यसबारेमा अर्थमन्त्री र गभर्नरले जवाफ दिनुपर्ने माग गरेका छन् ।