गोरखाको धार्चे पहिरोमा पाँच वेपत्ता

मूलखबर संवाददाता
काठमाडौं

गोरखाको उत्तरी क्षेत्रमा पर्ने धार्चे गाउँपालिका वडा नम्बर ५ स्थित रेसेफाँट भिरमा पहिरोमा एक घर पुरिँदा ५ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये तीन जना एउटै परिवारका भएको प्रहरीले जनाएको छ । बेपत्ता सोलाल गुरुङ, उनका छोरा जीत बहादुर गुरुङ, बुहारी शान्ति गुरुङ बेपत्ता छन् । वाटर इनर्जीका सामाजिक परिचालक रमेश गुरुङ, वाटर इनर्जीका चालक रमेश परियार वेपत्ता छन् ।

स्थानीय दिलिप गुरुङ र छम बहादुर गुरुङ सख्त घाइते अवस्थामा उद्धारको पर्खाइमा रहेका रहेका वडा अध्यक्ष भीम प्रसाद गुरुङले जानकारी दिनुभयो ।बिहान ३ः३० बजेतिर एउटा घर र एउटा कृषि फर्मलाई पहिरोले पुरेको थियो ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले पहिरोमा घर र कृषि फर्म पुरिएको खबर पाएलगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको बताउनुभएको छ । घाइतेको उद्धारको लागि हेलिकप्टरको विकल्प नभएकोले गृह मन्त्रालयसँग समन्वय भईरहेको बताउनुभयो ।

दाहालका अनुुसार अनुसार खोर्लाबेसीबाट नेपाली सेना र आरुघाटबाट सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । घटना स्थालमा सेना र प्रहरीको टोली पुग्न ६ घण्टाको समय लाग्ने वडा अध्यक्ष गुरुङले बताउनुभयो ।