लमजुङमा अत्यधिक वर्षा : पहिराेले सडकहरू अवरुद्ध

मूलखबर संवाददाता
लमजुङ, १३ साउन

लमजुङमा गएरातीदेखि परेको अविरल वर्षाका कारण जनजिवन प्रभावित बनेको छ । जिल्ला प्रशासन कार्यलय लमजुङले जिल्लाकाे उत्तर पश्चिम र मध्य क्षेत्रमा अत्यधिक वर्षा भएको जनाएको छ । जल तथा माैसम विज्ञान विभागका अनुसार साउन १३, बिहान ४:३० बजेसम्म पछिल्लो ३ घण्टामा लमजुङको बेसिशहर, खुदीबजार, कुन्छा, घारेढुङ्गा र अर्चलबाेटलगायतका धेरै स्थानमा भारी बर्षा मापन भएको छ।

विभागले  खुदी खोला लगायत सो क्षेत्र भइ बहने स-साना नदीहरूमा आकस्मिक बाढीको जोखिम, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले बिहान सम्म उच्च सतर्कता अपनाउन आग्रह गरेकाे छ ।
वर्षा र पहिराेले बेसीसशर-चामे सडक खण्ड अन्तर्गत खरखरेलगायतका ठाउँमा झरेकाे भीषण पहिराेले सडक अबरुद्ध बनेकाे छ । त्यसैगरी बेसीसहर- डुम्रे सडकखण्डमा ४/५ ठाउँमा पहिराे खस्दा सडक अबरुद्ध छ ।
खरखरे पहिराेकाे तस्विर : जीवि घिमिरे ।