सदन र सडकमा सशक्त भुमिका निर्वाह गर्ने माओवादी केन्द्रकाे निर्णय, शनिबार पनि बैठक

मूलखबर संवाददाता
काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकाे केन्द्रीय पदाधिकारी बैठकले सदन र सडकलाई प्रभावकारी ढंगले जोड्दै नयाँ तरिकाबाट जनतामा जाने निर्णय गरेको माओवादी केन्द्रका प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार अध्यक्ष दाहालले अब संसद्‌मा प्रमुख प्रतिपक्षको भूमिकामा सशक्त भएर प्रस्तुत हुनुपर्ने र नयाँ तरिकाबाट जनतामा गएर सम्बन्ध सुमधुर बनाउनुपर्ने बताए ।

प्रवक्ता सापकोटाले पार्टी अध्यक्ष दाहालले बैठकमा बोलेको उदृत गर्दै भने, ‘भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा जनतालाई सेवा प्रवाह गर्ने, अन्तर्राष्ट्रिय जगतमा कुटनैतिक सन्तुलन मिलाउने कुरामा माओवादी केन्द्र नेतृत्वको सरकार सफल भएको छ । अब यही कुराहरुलाई लिएर जनतामा जाने र नयाँ तरिकाबाट सम्बन्ध विस्तार गर्ने भन्नेबारे छलफल भएको छ ।’