विमान र बस दुर्घटनामा ज्यान गुमाउने नागरिकबारे सरकारकाे फरक व्यवहार, चाैतर्फी आलोचना

मूलखबर संवाददाता
काठमाडौं, १० साउन

साउन ९ गते विहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा पाेखरा जान लागेकाे साैर्य एयरलाइन्सको विमान धावन मार्गमा दुर्घटना भयाे । विमानमा सवार १९ मध्ये १८ काे ज्यान गयाे, पाइलटकाे मात्रै घाइते अवस्थामा उद्वार भयाे । उनी उपचारका क्रममा छन् । उनको अवस्था खतरामुक्त भएको चिकित्सकले बताएका छन् ।

सरकारले आज राष्ट्रिय शाेक मनाउने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको प्रधानमन्त्री केपी ओलीले क्याविनेट बैठकमा जानकारी गराएका छन् र सामाजिक सञ्जालमा पनि उनलेे घटनास्थल पुगेको, अस्पतालमा गएर पाइलट भेटेकाे भनेर लेखेका छन् । उनलेे पाइलटकाे अवस्था खतरामुक्त रहेकाे पनि उल्लेख गरेका छन् ।

असारकाे अन्त्यमा चितवनकाे सिमलतालमा लेदाे पहिरोले बगाउँदा मध्यराती यात्रुबाहक  दुइवटा बस त्रिशूली नदीमा वेपत्ता भए त्यस घटनामा ६२ जना नागरिककाे मृत्यु भयाे भने १३ दिनसम्म पनि दुइवटा बस भेटिएका छैनन् । सरकारले हालसम्म त्यस घटनामा मृत्यु भएका नागरिकको लागि राष्ट्रिय शाेक घाेषणा गरेको छैन र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि गरेको छैन । र साे स्थानमा प्रधानमन्त्री सहित अन्य मन्त्रीहरू पनि पुगेका छैनन् ।

दुई घटनामा राज्यले गरेको व्यवहारबारे सर्वसाधारणको आपत्ति र आक्राेश देखिएको छ । जहाज चढ्ने र गाडि चढ्ने नागरिकबारे राज्यले विभेद गरेकाे भनेर आलोचना भएको छ ।

मुग्लिङ बजार नामक फेसबुक पेजमा यस विषयमा गम्भीर आपत्ति प्रकट गरिएको छ ।