विमान दुर्घटनामा सौर्यका इन्जीनियर र प्राविधिक गरि १८ को मृत्यु

मूलखबर संवाददाता
काठमाडौं, ९ साउन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाजमा सवार १८ जनाको मृत्यु भएको पुुष्टि भएको छ ।
काठमाडौंबाट पोखरा उड्ने क्रममा रहेको विमान दुर्घटनामा पर्दा पाइलटबाहेक अन्य सबैको ज्यान गएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणको तर्बाफट जारी गरिएको विज्ञप्तिमा १८ जनाको शव संकलन गरिएको बताइएकोे छ । दुर्घटनाका कारण विमानमा आगो लागेको थियोे ।