साैर्य एयरलाइन्समा सवार थिए १९ जना, पाइलटकाे जिवितै उद्वार

मूलखबर संवाददाता
काठमाडौं, ९ साउन

काठमाडौंबाट पाेखरा जान लागेकाे साैर्य एयरलाइन्सको जहाज दुर्घटनामा १९ जना सवार रहेकाेमा पाइलटकाे उद्वार गरिएको छ ।

त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको हाे । दुर्घटनापछि उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् । उद्धार कार्यमा संलग्न एक प्रहरी अधिकारीका अनुसार यो संख्या अझै बढ्न सक्छ । विमानका चालक एम आर शाक्यको उद्धार गरिएको छ । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए ।

बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।