भ्रष्टाचार विरुद्ध लडेकै कारण सरकारबाट हटाइयो :प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं, ७ साउन, २०८१

निवर्तमान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्ध लड्दालड्दै आफूहरुले सरकार छाड्नुपरेको बताउनुभएको छ ।

आज बिहान खुमलटारस्थित निवासमा वाईसीएलका नेता–कार्यकर्ताहरुसँगको भेटमा प्रचण्डले आफू नेतृत्वको सरकारले भ्रष्टाचारका ठूला फाइल खोल्दै जाँदा त्यो मन नपराउनेहरुले सरकारविरुद्ध षडयन्त्र गरेको उल्लेख गर्नुभयो ।भेटमा सहभागि एक नेताका अनुसार प्रचण्डले भन्नुभयो, ‘मेरो नेतृत्वको सरकारले सुशासनको पक्षमा राम्रो काम गर्दै आएको थियो तर कतिपयलाई त्यो मन परिरहेको थिएन । उहाँले सरकारबाट हटाइए पनि माओवादी केन्द्र निरन्तर सुशासनको पक्षमा लागिरहने र लागिरहन प्रचण्डले निर्देशन दिनुभएको छ ।

अहिलेको लडाईं वास्तविक कम्युनिष्ट र अवास्तविक कम्युनिष्टको बीचमा भएको धारणा राख्दै माओवादी अध्यक्ष प्रचण्डले एमालेको पनि ओली प्रवृत्ति र मण्डलीका विरुद्ध लड्न आवश्यक रहेको बताउनुभएको थियो । आफू नेतृत्वको सरकारले जनपक्षीय काम गरेको बताउँदै त्यसको मूल्यांकन जनताले गरेको बताए । सरकार बाहिरै रहेर सुशासन र समृद्धिको पक्षमा सरकारलाई खबरदारी गरिरहने प्रतिबद्धता प्रचण्डको थियो ।