अमेरिकी राष्ट्रपति बाइडेन उमेदवारीबाट पछि हटे, अगाडि सारे कमला ह्यारिस

मूलखबर संवाददाता
काठमाडौं, ७ साउन

अमेरिकी राष्ट्रपतिकाे निर्वाचनको सरगर्मी बढिरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नो उम्मेदवारीबाट पछि हटेका छन् ।

बाइडेनले कमला लाई राष्ट्रपतिकाे रूपमा अगाडि सार्दै उमेदवार नबन्ने घाेषणा विज्ञप्तिमार्फत गरेका हुन् ।

आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले चर्को असन्तुष्टि जनाएपछि निर्वाचन हुनु चार महिनाअघि उनले आफ्नो उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेका विश्लेषणा गरिएको छ ।

अमेरिकामा चार महिनापछि मात्रै राष्ट्रपतिको निर्वाचन हुँदैछ । रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् ।​

कमला ह्यारिस अहिले उपराष्ट्रपति रहेकी छिन् । उनी जात, रंग, प्रतिनिधित्व सबै खाले विशेषणमा याेग्य उमेदवारकाे रूपमा याेग्य भएकोले  बाइडेनले अगाडि सारेकाे विश्लेषण गरिएको छ ।

अमेरिकामा रहेका नेपाली वरिष्ठ पत्रकार नारायण श्रेष्ठ लेख्छन्- जात, रंग, प्रतिनिधित्व सबै खाले चेक बक्स पुरा हुने कमला र चरम रुढिबादको पक्षपाती ट्रम बीचको अबको प्रतिष्पर्धा झनै रोचक हुनेवाला छ ।

हेराै उनको स्टाटस- समयको अघि कसैको केही लाग्दैन र’छ। चाहना त थियो Joe Biden को तर चाहना भन्दा समय नै बलबान भयो; सायद उनले सोचे भन्दा छिटो, आउने ४ वर्ष त के ४ महिना पनि पर्खेन। पछिल्लो केहि महिनायता उनको पाको शरिर साँच्चै नाजुक देखिन्थ्यो। कोभिडले झन गलायो सायद। र अन्तत: आज उनले प्रतिष्पर्धाबाट हात झिकेका छन #VicePresidentKamalaHarris लाई अघि सार्दै।
जात, रंग, प्रतिनिधित्व सबै खाले चेक बक्स पुरा हुने कमला र चरम रुढिबादको पक्षपाती ट्रम बीचको अबको प्रतिष्पर्धा झनै रोचक हुनेवाला छ।
अमेरिकी मतदाता तयार होलान त महिला राष्ट्रपतिका लागि? Don’t know, ८ वर्षमा मान्छेको मन फेरिएको पनि हुन सक्ला!

तस्विर श्राेत : एजेन्सी