प्रतिपक्षी माओवादीले दियाे सदनमा कडा प्रस्तुति, सत्तापक्षलाई बनाए पानीपानी

मूलखबर संवाददाता
काठमाडौं, ६ साउन

पहिलोपटक प्रमुख प्रतिपक्षी दलकाे भुमिकामा पुगेको नेकपा माओवादी केन्द्रले पहिलाे दिन नै संसदमा सत्तापक्षलाई हावाकावा बनाएको छ ।

प्रतिनिधिसभाकाे आइतबारकाे बैठकमा माओवादी केन्द्रका तर्फबाट बाेल्ने सांसद निवर्तमान अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री अर्थतन्त्रको गलत र निराशाजनक तथ्यांक प्रस्तुत गरेकाे भन्दै प्रधानमन्त्री ओलीकाे कडा प्रतिवाद गरेका थिए भने अर्का सांसद माधव सापकोटाले भ्रष्टाचारले चुर्लुम्म डुबेर सिनाे झैं गनाएका दलहरूले भ्रष्टाचारको कतिपनि गन्ध नभएको माओवादीलाई नैतिकताको प्रश्न गर्नु हास्यास्पद भएको बताउँदै कांग्रेस एमालेलाई नाजवाफ बनाएका थिए ।

त्यसैगरी रास्वपाका अध्यक्ष रवि लामिछानेले ३४ वर्षसम्म देश लुटेर खाएकाबाट फेरि जनताले सुखद अपेक्षा गर्न नसक्ने बताएका थिए भने अर्की सांसद सुमना श्रेष्ठले सत्तापक्षले संवैधानिक परिषदमा बहुमत पुर्याउन उपसभामुखलाई विवादमा ल्याउने षड्यन्त्र गरेको बताएकी थिईन् ।