ओलीकाे पक्षमा १८८, विपक्षमा ७४, काे पक्षमा, काे विपक्षमा ?
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिएकन छन् ।
प्रतिनिधिसभाको आइतबारकाे बैठकमा कांग्रेससँगकाे गठबन्धनबाट प्रधानमन्त्री बनेका एमाले अध्यक्ष ओलीकाे पक्षमा १८८ मत र विपक्षमा ७४ मत परेको छ ।
दोस्रोपटक २०७४ सालमा प्रधानमन्त्री बन्दाको जस्तै यसपटक पनि उनले संसद्को विश्वास प्राप्त गरेका हुन् ।
संसदमा बहुमतका लागि १३८ जना सांसदको साथ भए पुग्छ। तर प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा आइतबार प्रतिनिधि सभामा उपस्थित २६३ सांसदमध्ये १८८ सांसदले मत दिए भने प्रस्तावका विपक्षमा ७४ सांसद उभिँदा एक जना सांसदले मत नै दिएनन्।
सरकार बनाउन बहुमतका लागि कांग्रेस र एमाले मात्रै भए पनि आरामदायी बहुमत पुग्थ्यो। कांग्रेसका ८८ र एमालेका ७८ जना सांसद गरी १६६ सांसद पुग्छन्। तर सरकारमा ७ सांसद भएको जनता समाजवादी पार्टी र ४ सांसद भएको लोसपा पनि सहभागी छ।
पक्षमा काे, विपक्षमा काे ?
ओलीकाे समर्थमा नागरिक उन्मुक्ति, जनता समाजवादी पार्टी नेपाल, आम जनता १ र स्वतन्त्र सांसदहरू रहेका छन् ।
ओलीकाे विपक्षमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) उभिएका थिए । उनीहरूले प्रधानमन्त्री ओलीलाई विश्वास मत दिएनन्।
काे काे अनुपस्थित ?
२७५ सदस्यीय प्रतिनिधि सभामा आइतबार १० जना सांसद अनुपस्थित रहे।
सांसदहरू अम्बिका बस्नेत, गीता बस्नेत, दीपक बोहरा, देवेन्द्र पौडेल, दुर्लभ थापा, बसन्त नेम्वाङ, मनोरमा शेरचन, विक्रम पाण्डे, विनोद चौधरी र सोबिता गौतम आइतबार प्रतिनिधि सभा बैठकमा अनुपस्थित रहे।